Showing posts with label SONG. Show all posts
Showing posts with label SONG. Show all posts

Wednesday, 4 May 2011

...उठ है दाज्यु भाइ हो... CHRISTIAN SONG

शिरिरी, शिरिरिरी हावा चल्यो शिरिरिरी,
त्यो पारी डाँढैमा....,.
पूर्व देखी पच्छिमतिर आइरहेछन यी हावाहरु,
यिशु ख्रिष्टको सन्देश बोकेर......
उत्तर देखी दक्षिणतिर झरिरहेछन यी झरनाहरु,
यिशू ख्रिष्टको सुसमचार लिएर...,.
घाँम झुल्केदेखी घाँम अस्तायेसम्म गाईरहेछन चरा चुरुङंगिहरुले,
यिशू ख्रिष्टको गीतहरु......

MUSIC.....

तर हामी भने सुतिरहेछौ अँझ सम्म,
उठ हैँ दाज्यु भाई हो....
उठ है दिदी बहिनी हो...
जाउँ हैँ हाँमी यी हाँवाहरुसँग,
लेक , वेशि हुदै पाँहाढ र तराइतिर.....
जाँऊ है अब वन, जंगल र झुरलुङगे पूल तर्दै,
यी खोला नाला र झरनाहरु सित......
हिड़ है अब देवराली भन्ज्याङ्ग र चौतारी तिर,
यी चरा चुरुङगीहरुसित गीत गाँउदै........

MUSIC.....

उठ है अब दाँज्यु भाईहो.....
उठ है अब दिदी बहिनीहो....
छाढी जान लाग्यो यी हावाहरुले......
हिढ है अब बादल पारिको देशतिर...,.
जाऊ है अब नौडाँडापारि को गाँवैतिर...,
यिशू ख्रिष्टको सुसमचार सुनाउन.....
हो.... हो यिशू ख्रिष्ट को संदेश बाढन......
हो....हो यिशू ख्रिष्ट को सुसमचार सुनाउन...........।